काठमाडौं ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्ने भएका छन् ।
बिहीबार दिउसो १ बजे बालाजुस्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन् । राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बाहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लागेका हुन् ।
दिउसो एक बजेदेखि शुरु हुने कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने राज्यमन्त्री मानन्धरले बताए। उनले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लागेका हुन् । उनले करिब ४ घण्टासम्म गीत गाउनेछन् ।
लाइभ कन्सर्टमा पुराना कलाकारहरुका नेवारी गीत गाउने राज्यमन्त्री मानन्धरले बताए। विश्व रेकर्ड कायम गराउनका लागि वर्ल्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ । यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिनेछ ।





























प्रतिक्रिया