काबुल,
अफगानिस्तानमा राष्ट्रपतिले सम्बोधन गर्ने र्यालीलाई लक्षित गर्दै भएको बम हमलामा ३० जना मारिएका छन् । यही सेप्टेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचन र्यालीलाई लक्षित गर्दै तालिबानी समूहले बम हमला गरेको थियो ।
मंगलबार राष्ट्रपति असरफ घानीले उक्त सभालाई सम्बोधन गर्ने तालिका थियो । सम्बोधन अघि नै त्यहाँ हमला गरिएको हो । तालिबानले पछिल्लो एक महिनाभित्रै तीनवटा भन्दा धेरै हमला गरिसकेको छ ।
अमेरिकासँग वार्ताको तयारी भइरहँदा तालिबानी समूहले श्रृंखलाबद्ध हमला गर्न थालेको हो । उसको हमलापछि नै अमेरिकाले वार्ता स्थगित भएको जनाएको थियो ।अफगानिस्तानमा आगामी सेप्टेम्बर २८ मा हुने भनिएको राष्ट्रपतीय निर्वाचन हुन नदिने तालिबानीले चेतावनी दिँदैआएको छ ।
एजेन्सी





























प्रतिक्रिया