काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो ३ वर्षको उपलब्धी र आगामी एक वर्षको कार्ययोजना सार्वजनिक गरेका छन् ।
कुलमानले तीन वर्षअघि प्राधिकरणमा नेतृत्व गर्दा नेपालीले दैनिक ८ घण्टाको लोडसेडिङ व्यहोरिरहेका थिए भने प्राधिकरण ९ अर्ब रूपैयाँ वार्षिक खुद घाटामा रहेको थियो ।
यतिबेला देश लोडसेडिङमुक्त भएको छ । लामो समयदेखि बन्द रहेका जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । अबको एक वर्षमा एक हजार मेघावाट भन्दा बढी विद्युत उत्दान गर्ने योजनाहरू निर्माणको प्रक्रियामा छन् ।
कुलमानकै सक्रियताका कारण यो कामले सार्थकता पाएको हो । तीन वर्षअघि ८ अर्ब ८९ करोड प्राधिकरणको खुद नोक्सानीमा रहेको प्राधिकरणलाई अहिले ७ अर्ब २० करोड खुद नाफा आर्जन गर्ने बनाएका छन् ।
यस्तै अन्य योजनाहरू कुलमानकै सक्रियामा भएका हुन् । आगामी एक वर्षको महत्वपूर्ण ३५ योजना हेरौं तलको भिडियोमाः































प्रतिक्रिया