महाकविका अनौठा १० आनिबानी (भिडियो रिपोर्ट)

महाकविका अनौठा १० आनिबानी (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएको आज ६० वर्ष पुगेको छ । ५० वर्षको अल्पायुमै उनको निधन भएको थियो । छोटो जीवनमा पनि उनले धेरै कुरा दिएर गएका छन् । मूलतः नेपाली साहित्यका महाकवि देवकोटा बहुमुखी प्रतिभाका धनी थिए ।

बाबु तिलमाधवको ‘साफी’ गर्दागर्दै कविता लेख्न सिकेका देवकोटाले १० दिनमा महाकाव्य लेख्नेदेखि एक रातमै खण्डकाव्य रचना गर्नसक्ने विराट कवित्व क्षमता प्रदर्शित गरे । आधा दर्जन महाकाव्य, ३ दर्जनजति खण्डकाव्य तथा ६ सय ५० भन्दा बढी फुटकर कविता लेख्ने देवकोटाले कथा, निबन्ध, उपन्यास, नाटकजस्ता विधामा समेत आफूलाई अब्बल साबित गरे । उनका कृतिहरू विभिन्न भाषामा अनुवाद भएका छन्, उनका कृतिमाथि थुप्रै शोध प्रबन्ध तयार पारिएका छन् ।

नेपाली साहित्याकाशमा उनको उचाइ सगरमाथा झैँ छ । यद्यपि आजको पुस्तालाई उनको विषयमा धेरै थाहा नहुन पनि सक्छ । थाहा हुनेलाई पनि जीवनशैली कस्तो थियो भन्ने जिज्ञासा हुनसक्छ । मिथकै रूपमा छाइसकेका देवकोटाको जीवनशैली कस्तो थियो त ?

देवकोटाको ६० औं स्मृति दिवसको अवसरमा हामीले उनका केही अनौठा बानीहरूका बारेमा ‘देवकोटाको जीवनशैली’ नामक जीवनीपरक ग्रन्थका लेखक नरेन्द्रराज प्रसाईंसँग कुराकानी गरेका छौँ ।

थप भिडियोमा 

Logo