उच्च शिक्षा अध्ययनका लागि मुलुकभित्र नै सयौंको संख्यामा राम्रा –राम्रा शैक्षिक संस्था स्थापना भएका छन् । विषयगत अध्ययन–अध्यापन हुने शैक्षिक संस्थाको संख्या पनि धेरै छ । इन्टरनेशनल स्कूल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइ. एस. एम. टी.) पनि तिनै तमाम कलेजहरुको वीचमा सञ्चालित छ ।
आइएसएमटीमा तीनवटा फरक फरक विषयहरु रहेका छन् । राजधानीको तीनकुने स्थित गैरिगाऊँमा रहेको यस कलेजमा वीएसआइटी, वीवीए र वीएचएम अध्ययन गर्न पाइन्छ । सिक्ने र सिकाउने कलामा आम कलेजभन्दा फरक आइएसएमटी विद्यार्थीको वर्तमान मात्र होइन, सुदुर भविश्य सुन्दर वनाउन पनि उत्तिकै उत्तचित्त भएर लागिपरेको छ ।
यस कलेजको पहिलो विशेषता भनेको युके र अस्ट्रेलियाको प्रतिष्ठित युनिभर्सिटीवाट ‘एफिलेस’न प्राप्त गर्नु हो । अस्ट्रेलियाको युनिभर्सिटी अफ हेर्टफोर्डसिरे यस कलेजको पार्टनर संस्था हुनुले आइएसएमटी राष्ट्रियवाट अन्तर्राष्ट्रिय शैक्षिक संस्था भइसकेको छ । उत्कृष्ट म्यानेजमेन्ट टिम यस कलेजको अर्को विशेषता हो भने न्यून मूल्यमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन अध्यापन यस कलेजको मुल विशेषता हो ।
थप भिडियोमा





























प्रतिक्रिया