काठमाडौं । गायिका तेजवती जोशीको ‘चुम्बक’ बोलको गीत सार्वजनिक भएको छ । टेकेन्द्र नेपालीको शब्द संगीत रहेको गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री, एलिशा शर्मा र नेपाली ठिटोज्को अभिनय रहेको छ । सुनिल क्षेत्रीकै निर्देशन रहेको म्युजिक भिडियोले सबैको मन जित्न सफल हुने गायिका जोशीको विश्वास रहेको छ ।
सानैदेखि गीत संगीतमा रुची राख्दै आएकी तेजवतीले २०५० सालदेखि शास्त्रीय संगीत सिक्दै आएकी थिइन् । उनले शास्त्रीय संगीतलाई अहिले पनि निरन्तरता दिएकी छन् । उनले २०६८ सालमा त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसबाट स्नात्तकोत्तर उत्र्तीण गरेकी थिइन् ।
गायिका जोशीको चुम्बक छैटौं सांगीतिक कोशेली हो । यसअघि उनले नेपाली र नेवारीमा गरि पाँचवटा गीतमा स्वर दिइसकेकी छिन् । ‘लैबरी सिङ्गिङस्टार’को जज समेत रहेकी जोशीको सांगीतिक रुची भने निकै पुरानो हो ।































प्रतिक्रिया