बिनु गुरुङ भइन् मिस गुरुङ इन्टरनेशनल

बिनु गुरुङ भइन् मिस गुरुङ इन्टरनेशनल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा देशभरिबाट छानिएका १५ प्रतिस्पर्धी बिच सम्पन्न भएको मिस गुरुङ इन्टरनेशनल तेश्रो संस्करणको उपाधि तनहुँकी बिनु गुरुङले जितेकी छिन् ।

काठमाडौंमा भएको फाइनलमा १४ प्रतिस्पर्धीलाई पछाडी पार्दै बिनुले उपाधि उचालेकी हुन् । त्यस्तै फस्ट रनर अपको उपाधि ओसिन गुरुङले हात पारिन् भने सेकेन्ड रनरअप अन्जु गुरुङ भइन् । मल्टिमिडियाको उपाधि मेरिजन गुरुङले हात पार्दा अर्गनाइजर्स च्वाइस उपाधि गीता गुरुङले हात पारिन ।

विजेता बिनुले यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपहार हात पारिन् । साथै सम्पूर्ण बिजेताहरूले बिभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गरेका छन् । मिस गुरुङ इन्टरनेशनलको आयोजना मृगतृष्णा फेसन एण्ड प्रोडक्सन हो भने व्यवस्थापन बि एण्ड बी इभेन्ट मेनियाले गरेको हो ।

Logo