‘को बन्छ करोडपति’का विजेतालाई ७५ लाखको चेक हस्तान्तरण

‘को बन्छ करोडपति’का विजेतालाई ७५ लाखको चेक हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

‘को बन्छ करोडपति’का विजेता राजिव जैनलाई तीन महिनापछि आयोजकले ७५ लाखको चेक हस्तान्तरण गरेको छ।

होटल हिमालयमा आयोजित एक कार्यक्रमका बीच जैनलाई एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, कार्यक्रम प्रस्तोता महानायक राजेश हमाल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङलगायतले ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

उनले आकस्मिक आयकर कट्टी बापत कूल रकमको २५ प्रतिशत अर्थात् २५ लाख कटाएर बाँकी रकमको चेक प्राप्त गरेका हुन्। रकम प्राप्त भएपछि जैनले आफू नेपाल भ्रमणमा निस्किने प्रतिक्रिया दिएका छन् ।

Logo