रोल्पाको थबाङमा पहिरोले घर भत्किंदा ६ जना पुरिएका छन्। थबाङ-२ छेर्लबाङमा दुई परिवारका गरी ६ जना पुरिएका हुन्।
पहिरोमा पुरिएका २ जनाको शव निकालिएको छ। दुईतले ढुंगे घरको माथिल्लो तलामा बस्दै आएकी २८ वर्षीय शीरकुमारी बुढा र उनका ४ वर्षका छोरा असलको शव पुरिएको अवस्थामा गाउँलेले र प्रहरीले शुक्रबार बिहान फेला पारेका हुन्।
पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी रहेका छन्। घरमा रहेका चौपाया पनि पुरिएका छन् ।































प्रतिक्रिया