प्रतिनिधीसभा विघटन नभएको प्रचण्ड-नेपाल समूहको दाबी

प्रतिनिधीसभा विघटन नभएको प्रचण्ड-नेपाल समूहको दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका विघटित प्रतिनिधि सभाका सांसदहरुले प्रतिनिधीसभा विघटन नभएको र आफूहरुले सांसदको रुपमा काम गरिरहेको प्रतिक्रिया दिएका छन् ।

बुधबार बानेश्वरस्थित संसद भवनमा प्रचण्ड–माधव समुहको सांसदहरुको भेलामा सहभागी भएका सांसदहरुले प्रतिनिधी सभाको विघटन नभएको र आफुहरुले सांसदको रुपमा काम गरिरहेको प्रतिक्रिया दिएका हुन् । प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलले प्रतिनिधी सभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नभएको बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र अन्य कुनैपनि राजनीतिक दलसँग छलफल नभएको र राष्ट्रपतिले पनि संसद विघटनको प्रस्तावको सम्बन्धमा राजनीतिक परामर्श नगरेकोले संसद विघटन प्रक्रियागत हिसाबले कतै पनि नमिलेको विघटित प्रतिनिधि सभाका सांसद हरिबोल गजुरेलले बताए।

विघटित प्रतिनिधि सभाका सदस्य (सांसद) जीवनराम श्रेष्ठले संविधानमा संसद विघटनको कुनै बाटो नभएको भन्दै विघटन नभएको जिकिर गरे । सरकारको प्रतिनिधि सभा विघटनको निर्णय गलत र प्रतिगामी भएको भन्दै श्रेष्ठले जनताले चुनेर पठाएको संसद जिवित रहेको प्रतिक्रिया दिए । उनले आफूहरुले सांसदको रुपमा काम पनि गरिरहेको पनि बताए ।

राष्ट्रिय सभा सदस्य गोपी आछामीले संवैधानिक, कानुनी हिसाबमा प्रतिनिधि सभा विघटन नभएको बताए । प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भन्दै यसलाई खारेज गर्न आफूहरुले प्रतिबद्धता जायर गरेको उनको भनाई छ । उनले राष्ट्रिय सभा बैठक बोलाएर यस कदमको विरुद्धमा लाग्न जनतालाई अपिल गर्नुपर्ने पनि बताए ।

Skip This
Skip This
Logo