काभ्रे,
चर्चित लोकदोहोरी गायक भोजराज काफ्लेको पछिल्लो लोकदोहोरी गित सार्वजनिक भएको छ । जवानीको झोकमा बोलको उक्त लोकगित गायक काफ्लेको काभ्रेपलाञ्चोक – २ एल्बममा समेटिएको छ । यसअघि उनको काभ्रेपलाञ्चोककै सेरोफेरोमा लोकगित सार्वजनिक भएको थियो ।
पछिल्लो पटक सार्वजनिक यसगितमा स्वर भोजराज काफ्ले र पार्वती कार्कीको रहेको छ । यसमा लय गायक स्वयंको रहेको छ भने गितलाई फूलबारी म्युजिकले बजारमा ल्याएको हो । गितलाई गायक स्वयंले निर्देशन गरेका छन् भने छायांकन रेशम दर्लामी र सम्पादन दिनेश काफ्लेले गरेका छन् ।
काभ्रेली हुँ ठाउँ ठाउँमा गाईका गोठ, दुधको तरले लपक्कै तिम्रा ओठ, कुन्ताबेसी चाखोला ज्याम्दी गाउँ, मण्डनदेउपुर सँग सँगै घुम्न जाउँ , जवानीको झोकमा, भोलि बिहान भेटम् है काभ्रेपलान्चोकमा । (गितको एक अंश)
गित गाउने क्रममा गायक काफ्लेले काभ्रेका अधिकांश ठाउँहरुको बयान गरेका छन् । गितलाई छोटो समयमै धेरैले रुचाएका छन् । हेरौं भिडियोमा :































प्रतिक्रिया