औषधि व्यवसायीको आक्रोश- “प्रेस्क्रिप्सन अनुसार औषधि बेच्दा पनि कारवाही किन ?”

औषधि व्यवसायीको आक्रोश- “प्रेस्क्रिप्सन अनुसार औषधि बेच्दा पनि कारवाही किन ?”

केन्द्रबिन्दु
0
Shares

औषधि व्यवसायीहरुले सरकारले नियमनको नाममा दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन ।

नेपाल औषधि व्यवसायी संघ, बागमती अंचलका कार्यबहाक अध्यक्ष ध्रुवनारायण प्रधानले सबै औषधि रेकर्ड राखेर विक्री गर्दा पनि औषधि व्यवस्था विभागले अनुगमनको नाममा स्पष्टिकरणका लागि बोलाएर दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । शनिबार ललितपुरमा आयोजित नेपाल औषधि व्यवसायी संघ, ललितपुरको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उनले चिकित्सकहरुको प्रेस्क्रिप्सन अनुसार व्यवसायीहरुले औषधि विक्री गर्दा पनि कार्वाही गर्ने काम किन गरेको ? भनि सरकारलाई प्रश्न पनि गरे ।

फुड प्रोडक्टसँग सम्बन्धित औषधि विक्री गर्ने अनुमति मेडिकल काउन्सिलले दिने तर औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाउने खोज्ने दोहोरो मारमा पनि आफूहरु पर्ने गरेको औषधि व्यवसायीहरुको गुनासो छ । कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभाग निरीक्षण महाशाखाकी प्रमुख उषा तन्डुकारले सरकारको नीति, नियम र कार्यविधिको परिधि भित्र रहेर औषधिको उत्पादन तथा विक्री वितरण गर्न औषधि व्यवसायीहरुलाई सचेत गराइन् ।

विभागले विक्री गरिएका औषधिहरुको रेकर्ड अनिवार्य राख्न पनि औषधि व्यवसायीहरुलाई सचेत गराउँदै आएको छ ।

Skip This
Skip This
Logo