काठमाडौं । भोलि (शनिबार) हुन लागेको एमबिबिएस प्रवेश परीक्षा रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रवेश परीक्षा रोक्ने आदेश दिएको हो ।
चित्किसा शिक्षा ऐन विपरीत प्रवेश परीक्षा हुन लागेको भन्दै आयुष ओझाले बिहीबार दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्काल भोलिको परीक्षा रोक्ने आदेश दिएका हुन् । थप छलफलका लागि भदौ २५ गते उपिस्थत हुन आदेश दिएको छ । उपस्थित हुन आदेश दिएको हो।
चिकित्सा शिक्षा ऐनमा एमबिबिएस प्रवेश परीक्षा एकीकृत रुपमा गर्नुपर्ने भए पनि आइओएम र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टाछुट्टै लिन लागेको भन्दै ओझाले रोक्नमा माग गर्दै रिट दायर गरेका थिए।































प्रतिक्रिया