काठमाडौं,
मूलपानीमा गएराति निर्माणधीन घर वर्षाका कारण भत्किएको छ । महानगरीय प्रहरी वृत बौद्धका अनुसार भत्किएको घरमा कुनै मानवीय क्षति भने भएको छैन।
वर्षाको पानी मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङका निर्माणाधिन घरभित्र पसेपछि भत्किएको वृतका असई पिताम्बर पराजुलीले जानकारी दिए ।
निर्माणधीन घरको क्षति विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ । घर वर्षाको पानी पसेपछि मात्रै भत्किएको हो वा अन्य केहि कारणले हो भन्ने विषयमा थप अनुसन्धान हुँदैछ ।
अन्नपूर्णबाट































प्रतिक्रिया