सीता एयरको जहाज दुर्घटनाबाट जोगियो

सीता एयरको जहाज दुर्घटनाबाट जोगियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको एक इन्जिन आकासमै फेल खाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ ।

बुधबार बिहान करिब पौने ९ बजे जहाज आकस्मिक अवतरण गरिएको हो । चालक दलका सदस्य मात्र रहेको जहाजको इन्जिन परीक्षण हुने र त्यसपछि उडान निश्चित गरिने कम्पनीले जनाएको छ ।

सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले चालक दलका सदस्य र जहाज सुरक्षित रहेको ट्विटमार्फत जानकारी गराएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सबै sita airlinesजहाजको इन्जिन परीक्षण हुनेछ ।

Logo