जगदम्बा मोटर्सले टिभिएसको रेडोन ११० बाइक सार्वजनिक गरेको छ।
भृकुटीमण्डपमा जारी नाडा अटो शोमा जगदम्बा मोटर्सले रेडोन सार्वजनिक गरेको हो । १०९.७ सिसि इन्जिनको रेडोनले ७ हजार आरपिएममा ८.३ बिपिएच पावर र ५ हजार आरपिएममा ८.७ एनएम टर्क जेनेरेट गर्छ।
४ स्पिड गियर बक्स रहेको ‘रेडोन’ ले प्रतिलिटर ६९.३ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । यसको इन्धन क्षमता १० लिटर रहेको छ ।
यसको मूल्य १ लाख ७९ हजार ९ सय रुपैयाँ मूल्य पर्ने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया