सस्याङ योङ मोटर्सको आधिकारिक बिक्रेता आईएमएस मोटर्सले विभिन्न ६ वटा मोडेलका एसयूभी गाडीहरु बजारमा ल्याएको छ। भृकुटीमण्डपमा जारी नाडा अटो शो २०१९ मा यी गाडीहरु सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको गाडीहरुमा रेक्सटोन, कोरन्डो, टिभोली, एक्सएलभी र एक्योन स्पोर्टस र एसयूटी मुस्सो रहेका छन् ।
सस्याङ योङ खरिदमा कम्पनीले सामसुङ ब्राण्डको नयाँ मोबाइल ग्यालेक्सी नोट १० उपहारको अफर ल्याएको छ । त्यस्तै, रेक्टोन, कोरन्डो, टिभोली, एक्सएलभी र एक्टयोन स्पोर्टस मोडलको गाडी खरिदमा पनि यो अफर लागू गरिएको छ ।
कम्पनीले ग्राहकलाई पुराना गाडी साटी नयाँ गाडी खरिदका लागि समेत अफर दिएको छ । त्यस्ता कम्पनीले बेस्ट स्पट एक्सचेञ्ज अफरको सुविधा पनि दिएको छ । कम्पनीले त्यसबाहेक १ वर्षको बीमा, १ वर्षको सवारी कर, ५ वर्षको निःशुल्क सर्भिसिङ, वर्षको वारेन्टी, मासिक सरल किस्ता, उचित ब्याजदर, २५ हजार रुपैयाँसम्मको एसेसेरिज जस्ता सेवा समेत उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै, मेलामै सार्वजनिक गरिएको मुस्सो ग्राण्डमा ५ वर्षे निःशुल्क सर्भिस, निःशुल्क बीमा र २५ हजार रुपैयाँ बराबरको एसेसेरिज सुविधा दिएको छ। यसको मूल्य ७३ लाख ९९ हजार रुपैया तोकिएको छ ।





























प्रतिक्रिया