केन्द्रबिन्दु बुलेटिन : नेकपाका दुईपक्षको अलग-अलग बैठक राजधानीमा (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : नेकपाका दुईपक्षको अलग-अलग बैठक राजधानीमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँचवटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये नेकपाको प्रचण्ड–माधव पक्षधर केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ । बैठकले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई अनुशासनको कार्वाही गर्दै अध्यक्ष पदबाट हटाएर नेपाललाई अध्यक्ष चयन गरेको उल्लेख गरेको हो । यस्तै आजको दाहाल–नेपाल समूहको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपास्थित पार्टी कार्यालयमा आजदेखि शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उत्पन्न भएको परिस्थिति र भावी रणनीति तय गर्नका लागि कांग्रेसले बैठक बोलाएको हो ।

मंगलबार बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले पार्टीको नयाँ महाधिवेशन २०७८ साल मंसिर २ मा गर्ने निर्णय गरेको छ । साथै आजकै बैठकले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ भने, पार्टी प्रवक्तामा प्रचण्ड पक्षीय नारायणकाजी श्रेष्ठका ठाउँमा परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।

गत वर्ष नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडीसहित ७ खेलाडीलाई मंगलबार राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ । मंगलबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरेर मन्त्रालयले ७ खेलाडीसहित विभिन्न विधाका खेलकर्मीलाई नगदसहित पुरस्कृत गरेको हो ।

नेपालमा हाल कूल १५ खर्ब ६ अर्ब ६ करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत असार मसान्तमा रहेको विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा १५ खर्बमाथि पुगेको राष्ट्र बैंकले जनाएको हो । यस्तै अघिल्लो वर्ष रहेको मुद्रास्फीति ५.७६ प्रतिशत यस वर्षको सोहि महिनामा ४.०५ प्रतिशतमा झरेको छ ।

Skip This
Skip This
Logo