काठमाडौं,
अमेरिकी फौजी किराले ओखलढुंगा, भोजपुर, उदयपुर र खोटाङमा मकैबाली सखाप पारेको छ । किराको प्रकोप फलिँदा मकै किसान आतंकित बनेका छन् ।
ओखलढुंगाको सिद्धिचरण राजमार्ग र ओखलढुंगा–हलेसी सडक आसपासका क्षेत्रमा फौजी किराले सबैभन्दा बढी मकै बाली सखाप पारेको छ । त्यस क्षेत्रमा ९० प्रतिशत हिउँदे मकैको नष्ट गरेको अनुगमनका क्रममा भेटिएको बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख मुकेशकुमार यादवले बताए । उनले भने, ‘ओखलढुंगापछि खोटाङमा धेरै नष्ट गरेको छ, खोटाङमा ७०, उदयपुरमा २५ प्रतिशत र भोजपुरको तथ्यांक आउन बाँकी छ । यो एकै रातमा पनि बढ्न सक्छ ।’
ओखलढुंगामा नमुना र किरा परीक्षण गर्दा अमेरिकी फौजी किराको पुष्टि भएको उनले जानकारी दिए । ‘पहिले पनि मकैमा किराको प्रकोप देखिन्थ्यो । प्रदेश १ मै फौजी किराको प्रकोप पुष्टि भयो । यसले एकै रातमा एक सय किलोमिटर सम्मको मकै नष्ट गर्न सक्छ,’ यादवले भने ।
फौजी किराले मकैबालीमा क्षति पुर्याएको सम्बन्धित जिल्लाका किसानले बताएका छन् । ती जिल्लामा बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्तिम साता हिउँदे मकै लगाएका थिए । हिउँदे मकैमा पनि फौजी किरा फैलिएपछि हिउँदे मकैबाट उत्पादनको आशा मारेको भोजपुर हतुवागढी गाउँपालिका–१ रानीबासका किसान पदमबहादुर बस्नेतले बताए । उनले भने, ‘बर्खे मकै पनि पानी नपरेपछि मरेर सकियो, हिउँदे मकैमा पनि फौजी किराले टिक्नै दिएन । यो वर्ष कसरी जीविका चलाउने ? बस्तुभाउलाई के दिने ? ’
भोजपुरमा हतुवागढी गाउँपालिका क्षेत्रमा फौजी किराको संक्रमण बढेको छ । भोजपुर हतुवागढी गाउँपालिका १, २, ५ र ६ का रानीबास, लुंगिन, होम्ताङ, हर्का, लंखालगायतका क्षेत्रमा पनि फौजी किराको प्रकोप देखिएको छ । भोजपुरमा फौजी किराको प्रकोप देखिएको यो पहिलोपटक हो । प्रकोपले गाउँपालिका क्षेत्रका करिब आठ सय रोपनीमा लगाइएको मकैबाली नष्ट गरेको छ । हतुवागढी गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेलका अनुसार गाउँपालिकाले कृषि प्राविधिक टोली र प्रकोप क्षेत्रका सम्बन्धित किसानबीच तत्काल किरा नियन्त्रण गर्न, नमुना संकलन, स्थलगत अनुगमन, विषादी छिट्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया