एजेन्सी । विकसित मुलुकहरूको जी ७ शिखर सम्मेलनमा विश्व नेताहरूले अनौठो व्यवहार देखाएका छन् । उनीहरूले अर्काकी श्रीमतीलाई चुम्बन दिनेदेखि अंकमाल गर्ने सम्ममा कार्य गरेका छन् । जसका कारण विश्वभर उनीहरूको आलोचना भइरहेको छ ।

फ्रान्सको बियारिजस्थित होटल दु पालाइमा जारी शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति, फ्रान्सका राष्ट्रपति, क्यानडाका प्रधानमन्त्री, जर्मन चान्र्सलर लगायतले अनोठौ व्यवहार देखाएका हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्मनीकी चान्सलर एन्जेल मर्कलसँग अभिवादन गर्दा ओठ चुमुर्क्याएका थिए ।

सम्मेलनको दोस्रो दिन आइतवार विश्वनेता तथा तिनीहरूका पत्नीहरू रात्रिभोजमा सरिक भएका थिए । सोही अवसरमा ट्रम्पले जर्मनीकी चान्सलर मर्कलसँग अभिवादन गर्दा ओठ चुमुर्क्याका हुन् । त्यस्तै फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंकी पत्नी ब्रिगिटले ट्रम्पलाई परम्परागत युरोपेली चुम्बन दिइन् ।

रातो वस्त्रमा निकै सुन्दर देखिएकी अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पलाई क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गालामा चुम्बन गरेर स्वागत गरे ।

मर्कलले म्याक्रोंसँग बेस्सरी कुराकानी गरेको देखियो । उनले क्यामरामा खासै हेरिनन् भने अन्य नेतागण चाहिँ स्थिर उभिएर क्यामरालाई पोज दिए ।





























प्रतिक्रिया