चितवन । आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न टेलिभिजन प्रस्तोता रवि लामिछाने विभिन्न अस्पताल पुगेका छन् । भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रविलाई जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। रविसँगै तीन लाख धरौटीमा छुटेका युवकराज कँडेलपनि अस्पताल पुगेका थिए । रवि लामिछाने निर्दोष रहेको दाबीसहित जनप्रदर्शन चर्किएको थियो ।

सोही प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा केही समर्थक घाइते भएका थिए । उनीहरुको अहिले उपचार भइरहेको छ। रविले सोमबार भएको प्रदर्शनपछि पक्राउ परेकाहरुसँग पनि भेट गरेका छन् ।
यसैबीच नारायणी नदीको किनारामा रविले धन्यवाद सभाको आयोजना गरेका छन् । आफ्नो समर्थनमा विरोध प्रदर्शन गरिएको प्रति रविले सबै सहयोगीहरूलाई धन्यवाद दिने कार्यक्रम रहेको छ । रविको धन्यवाद सभामा हजारौंको संख्यामा मानिसहरूको सहभागिता रहेको छ ।





























प्रतिक्रिया