काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले आज बालुवाटारमा भएको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेला केन्द्रीय कमिटी बैठक नभएर गुट भेला भएको बताएका छन् ।
उनले मंगलबार दिउसो बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेको प्रचण्ड नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा बोल्दै यस्तो बताएका हुन् । त्यस्तै उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीभन्दा पनि माथि राखेको बताएका छन् ।
केन्द्रीय कमिटी सबैभन्दा ठूलो हो । त्यो भन्दा माथि कोही नहुने पनि बताएका हुन् । त्यस्तै, प्रचण्ड नेपाल समूहको स्थायी कमिटीले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।































प्रतिक्रिया