ओली पक्षको अर्को बैठक पुष ९ गते बस्ने

ओली पक्षको अर्को बैठक पुष ९ गते बस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको केन्द्रीय कमिटीबाट पार्टीको प्रवक्ताको जिम्मेवारी पाएका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले गर्ने कुनैपनि निर्णयले बैधानिकता नपाउने बताएका छन् ।

बालुवाटारमा सम्पन्न भएको ओली पक्ष केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले पार्टी अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले बैधानिकता नपाउने बताएका हुन् ।

प्रवक्ता ज्ञवालीले बैठकले पार्टीको एकता महाधिवेशन २०७८ मंसिर २ गतेबाट काठमाडौंमा शुरु गर्ने निर्णय गरेको पनि बताए। त्यसबाहेक विधानमा केही सामूहिक संशोधनहरु पनि गरेको बताए ।

एकता महाधिवेसनका लागि ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन भएको पनि प्रवक्ता ज्ञवालीले बताए । यस अघि रहेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीले २ वर्षभित्र एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने अभिभारा पाएपनि काम गर्न नसककोले सदस्यको संख्या विस्तार गरिएको बताए।

बैठकले प्रतिनिधि सभाको विघटन र नयाँ निर्वाचनको घोषणाको औचित्यलाई समेत समर्थन गरेको बताए। यस्तै बैठकमा के कारणले प्रतिनिधि सभा विघटन गर्नुपर्यो भन्ने सम्बन्धमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रष्ट पारेको प्रवक्ता ज्ञवालीले बताए।

बैठकले केन्द्रीय कमिटीको अर्को बैठक आगामी बिहीबार ९ गते दिउसो १ बजे बस्ने निर्णय समेत गरेको छ ।

Skip This
Skip This
Logo