नयाँ दिल्ली,
आईएनएक्स मिडिया घोटाला काण्डमा भारतको केन्द्रीय अनुसन्धान एजेन्सी (सीबीआई) ले बुधबार राति पक्राउ परेका पूर्वअर्थ तथा गृहमन्त्री पी चिदम्बरमलाई बिहीबार विशेष अदालतमा हाजिर गराएको छ । अदालतले बिहीबार उनलाई २६ अगस्टसम्म हिरासतमा पठाएको छ । सीबीआईले चिदम्बरमको मुद्दा गम्भीर भएकाले हिरासतमै राखेर सोधपुछ गर्नुपर्ने बताएको हो ।
चिदम्बरमका तर्फबाट पूर्वकानुनमन्त्री समेत रहेका कंग्रेस नेता कपिल सिब्बलले विशेष अदालतमा बहस गरेका थिए । उनले अदालतमा सीबीआईले चिदम्बरमलाई जानी बुझीकन फसाउन खोजिएको आरोप लगाएका छन् । उनले यो घटनामा अरू अभियुक्तलाई जमानतमा रिहा गरिएकाले चिदम्बरमलाई पनि जमानतमा रिहा गरिनु पर्ने तर्क गरेका छन् ।
पिटर र इन्द्राणी मुखर्जी जमानतमा छन् । सिब्बलले भने, ‘यो घटनामा अनुसन्धान पूरा भइसक्यो र मेरो क्लाइन्टले अनुसन्धानमा सधैं सहयोग गरेको छ ।’ अदालतमा सरकारका तर्फबाट तुषार मेहताले बहस गरेका छन् । उनले अनुसन्धानसँग जोडिएका सबै दस्तावेज चिदम्बरमले उपलब्ध नगराएकाले बिना कस्टडीको सोधपुछले अनुसन्धान सम्भव नहुने भन्दै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसमक्ष ५ दिनको म्याद मागेका थिए । उनी अब भोली सम्म हिरासतमै रहनेछन् ।
एजेन्सी































प्रतिक्रिया