पत्रकार शालिकराम पुडासैनीको मृत्य प्रक्ररणको छानबिनका लागि पक्राउ परेका रवि लामिछानेको समर्थनमा आज काठमाडौँमा प्रदर्शन भएको छ।
स्वतस्फूर्त प्रदर्शनमा आएका समर्थकहरुले माइतीघर र नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्। ठूलो संख्यामा भेला भएका समर्थकहरुले रवि लामिछानेको निर्शत रिहाइको माग गरेका छन् । उनीहरुले निष्पक्ष अनुसन्धान गर्न र न्यायको पक्षमा प्रदर्शन गरेको बताएका छन्।
आजै काभ्रे, इनरुवा, बाँकेलगायतका ठाउमा पनि उनका समर्थकहरुले प्रदर्शन गरेका छन्।
घटनाको अनुसन्धानका लागि रविसहित पत्रकार युवराज कंडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीको हिरासतमा राखिएको छ। उनीहरुलाई प्रहरीले आइतबार अदालतमा पेश गरिदैछ।


यो पनि
रवि लामिछानेलाई कलाकारहरुको समर्थन (भिडियोसहित)
अस्मिता र शालिकरामको सम्बन्धको नालीबेली, रवि लामिछाने चोखो ?































प्रतिक्रिया