ओली समूहको बैठकद्वारा केन्द्रीय समितिमा ५४७ सदस्य थप

ओली समूहको बैठकद्वारा केन्द्रीय समितिमा ५४७ सदस्य थप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेका छन् ।

मंगलबार बालुवाटारमा आफू पक्षिय केन्द्रीय समिति सदस्यहरुको भेला गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् । नेकपाको हाल कायम रहेको ४ सय ४७ केन्द्रीय समिति सदस्यमा ५ सय ४७ सदस्य थप गरेका छन् भने बाँकी १ सय ९६ सदस्य पछि थपिने व्यवस्था समेत बैठकले गरेको छ । ओली पक्षले ०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

मनोनीत महाधिवेशन आयोजक समिति सदस्यहरुलाई अध्यक्ष ओलीले मंगलबार नै सपथ ग्रहणसमेत गराएका छन् । पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन प्रस्ताव राष्ट्रपति समक्ष लगेसँगै अध्यक्ष ओलीको अनुपस्थितिमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अध्यक्ष पदबाट कारबाही गर्ने सिफारिस केन्द्रीय समिती बैठकमा लैजाने निर्णय गरेको थियो ।

उक्त समुहको केन्द्रीय समिति बैठक मंगलबार दिउसो बस्नु अगावै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिती सदस्य संख्या थप गर्दै महाधिवेशन आयोजक समिति गठन गरेका हुन् । महाधिवेशन आयोजक समिति सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष ओलीले पुरानो केन्द्रीय समितिले एकीकरणको काम पुरा गर्न नसकेको, गतिशिल, एकताबद्ध र संगठित बनाउन नसकेको कारण पार्टीलाई असफल हुनबाट बचाउन सदस्य संख्या बढाइएको बताए । अध्यक्ष ओलीले हाल कायम रहेको केन्द्रीय समितिले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको पनि बताए ।

अध्यक्ष ओलीले प्रचण्ड–नेपाल समूहले सरकारलाई असफल बनाउन प्रयास गरिरहेको र महाअभियोग लगाउने तथा अविश्वास प्रस्ताव राख्ने गतिविधि गरिरहेकोले पार्टीले गति लिन नसकेको बताए ।

Skip This
Skip This
Logo