परराष्ट्रमन्त्रीलाई पाकिस्तानी विदेशमन्त्रीको फोन- ‘कश्मीर मुद्दामा नेपालको धारणा के ?’

परराष्ट्रमन्त्रीलाई पाकिस्तानी विदेशमन्त्रीको फोन- ‘कश्मीर मुद्दामा नेपालको धारणा के ?’

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानी विदेश मन्त्री मखदुम साह महमुद कुरेसीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई फोन गरेर कश्मीर मुद्दामा नेपालको धारणा माग गरेका छन् ।

मन्त्री कुरेसीले भारतले कश्मीरमा लागू धारा ३७० खारेज गर्दै विशेषाधिकार खोसेको अवस्थामा दक्षिण एसियाली क्षेत्रीय सहयोग स‌ंगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतले भूमिका खेल्न अपिल गरेका हुन्।

पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार राति जारी गरेको प्रेस विज्ञप्तिमा कुरेसीले ज्ञवालीको टेलिफोन संवादमा भारत अनिनस्थ कश्मीरमा देखिएको समस्याबारेमा गम्भीर वार्ता भएको उल्लेख गरिएको छ।

पाकिस्तानी विदेशमन्त्रीले कश्मीरमा भारतले गरेको हस्तक्षेप अवैधानिक र एकपक्षीय कारवाहीको संज्ञा दिँदै त्यस्तो कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सुरक्षा परिषद्को सिद्धान्तविपरित भएको जिकिर गरेका छन्।

कश्मीरलाई लिएर भारत र पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व भइरहेको छ ।

Logo