डोटीमा डेंगुबाट महिलाको मृत्यु, स्थानीय त्रसित

डोटीमा डेंगुबाट महिलाको मृत्यु, स्थानीय त्रसित

केन्द्रबिन्दु
0
Shares

डोटीमा डेंगु रोगबाट एक जना महिलाको मृत्यु भएको छ।

जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका-६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छाया’ को मृत्यु भएको हो। लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको र पछि चिकित्सकले डेंगु रोग लागेको बताएको उनका जेठाजु नारद मलासीले बताए।

जिल्ला बाहिर कहिले नगएकी निज महिलालाई कसरी डेङ्गु रोग लाग्यो, यो विषयमा जिल्लामा रहेका चिकित्सकसमेत अचम्मित भएका छन् । डेङ्गु रोग लागेर निज महिलाको मृत्यु भएपछि अहिले उक्त क्षेत्रमा त्रास छाएको स्थानीयवासी बताउँछन् ।

मृतक मसालीलाई डेङ्गु र स्क्रप टाइफस गरी दुई रोग देखिएको मायामेट्रो अस्पतालका डा विष्णु जोशीले बताए ।

Skip This
Skip This
Logo