काठमाडौं ।
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ ।
विहान ९ बजेका लागि बोलाइएको बैठक केही बेर अघि शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठक बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आरम्भ भएको छ ।’- थापाले भने ।
प्रधानमन्त्रीले आफू बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताएका छन् ।

यस अघि अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटना लगायत विषयमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्यसँग परामर्श गरेका थिए । लगत्तै उनले आज पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
उता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आजै अपराह्न १ बजे केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।































प्रतिक्रिया