चितवन जिल्ला अदालतको बाहिर आज बिहानैदेखि प्रदर्शन भैरहेको छ । अदालतभित्र भने कार्यालय समय शुरु भएदेखि नै वहस चलिरहेको छ।
अदालत बाहिर पत्रकार रवि लामिछानेका समर्थकहरुले प्रदर्शन गरिरहेका हुन् । लामिछानेलाई अनुसन्धानका नाममा फसाउन खोजिएको भन्दै उनीहरुले निस्पक्ष अनुसन्धानको माग गरेका छन् । प्रदर्शनकारीले चितवनका एसपी दानबहादुर मल्लको बर्खास्तीको समेत माग गरेका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएका छन्। जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
अहिले अदालतभित्र भने रविसहित ३ जनाको अभियोगमाथि वहस भइरहेको छ । रविसहित युवराज कंडेल र अस्मिता कार्कीलाई आज बिहानै प्रहरीले अदालतमा उपस्थित गराइएको थियो । प्रहरीले पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोटलगायतका अन्य प्रमाणहरु अदालतमा पेश गरेका छन्।
उनीहरुको अदालतको तीन नम्वरमा रहेको जिल्ला न्यायाधीश केशव अधिकारीको इजलासमा वहस भइरहेको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि म्याद थप हुने आंकलन गरिएको छ । जिल्ला अदालत चितवनका श्रेष्तदार रूद्रमणि गिरीले वहस जारी भएकाले केही भन्न नमिल्ने जानकारी दिए। यसअघि अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको थियो ।
पत्रकार पुडासैनी गत साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । पुडासैनीले मृत्युअघि रेकर्ड गराएको भिडियोमा नाम मुछिएपछि उनीहरुलाई प्रकाउ गरि अनुसन्धान अघि बढाएको हो । पुडासैनीका परिवारले पनि पत्रकार रवि लामिछानेसहित ३ जनाविरुद्ध मुलुकी अपराध संहिताको आत्महत्या दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गर्दै जाहेरी दर्ता गराएकी छन् ।
उनीहरुमाथि लागेको अभियोग पुष्टि भएमा मुलुकी अपराध संहिता ऐन, २०७४’ को दफा १८५ बमोजिमको कारवाही हुनेछ । जस अनुसार ५० हजारसम्म जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था छ । तर, प्रहरीले पर्याप्त प्रमाण पेश गर्न नसकेको अवस्थामा सरकारी वकीलले नै मुद्दा अगाडि नबढाउने निर्णय पनि लिन सक्छन् ।
यो पनि































प्रतिक्रिया