काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वयुवराजले प्रहरी अधिकारीमाथि गरेको दुर्व्यवहारको प्रहरीले छानविन थालेको छ । पूर्वयुवराज पारस शाहले विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई आइतबार शाहले दुर्व्यवहार गरेका थिए ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको छ । आयुक्तको कार्यालयको निर्देशनपछि विमानस्थल प्रहरीले छानविन सुरु गरेको हो ।
भिडियोमै अलिकति धक्का दिएको देखिएकाले यसबारे विवरण माग गरिएको रानीपोखरीका प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए । विमानस्थल प्रहरीले रिपोर्ट दिएपछि के गर्ने भन्ने निर्णय लिइने उनको भनाई छ ।
दुर्व्यवहारमा परेका सई खत्रीले भने अहिलेसम्म पारसविरुद्ध उजुरी दिएका छैनन् । उनले उजुरी दिएको खण्डमा कारवाही प्रक्रिया अगाडि बढाइने डीआईजी क्षेत्रीको भनाई छ । अहिले सम्म उजुरी नपरेको भन्दै डीआईजी क्षेत्रीले भने, ‘आम नागरिकको उजुरी हेर्न निकायले आफ्नै प्रहरीले दिएको उजुरी नहेर्ने त कुरै हुदैन् । उजुरी दिएको खण्डमा कारवाही हुन्छ ।’





























प्रतिक्रिया