रवि लामिछानेविरुद्धको भिडियो नै विरोधाभासपूर्ण- परराष्ट्रमन्त्री ज्ञवाली

रवि लामिछानेविरुद्धको भिडियो नै विरोधाभासपूर्ण- परराष्ट्रमन्त्री ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार रवि लामिछानेविरुद्ध मिडियामा आएको भिडियो विरोधाभासपूर्ण रहेको बताएका छन्।

शनिवार गृहजिल्ला गुल्मी पुगेका ज्ञवालीले कानुन भन्दामाथि कोही पनि नभएको बताउँदै भने, ‘एउटा भिडियो सार्वजनिक भएपछि रवि लामिछाने जीलाई सोधपुछका लागि पक्राउ गरिएकाे हाे, हामी कोही पनि कानुनभन्दा माथि छैनौं र रवि जी पनि हुनुहुन्न ।’

मन्त्री ज्ञावलीले भिडियो इडिट गर्ने मान्छेलाई पनि सरकारले खोज्न पर्ने बताएका छन् । निर्दोष मान्छे फस्न नहुने र दोषी भए कुनै पनि ओहदाको मान्छे छुट्न नहुने बताउदै उनले सञ्चार माध्यमलाई धेरै ‘भ्युवर’को दम्भ नदेखाउन समेत सुझाए  । उनले भने, ‘कुन पत्रिका कति छापिन्छन् र अनलाइनहरूका पनि कसका धेरै भ्युवर छन् भन्ने कुरा हुँदैन, विश्वसनीयता र मर्यादा ठूलो कुरा हो ।’

फरक प्रसङ्गमा मन्त्री ज्ञावलीले अहिले संविधान कार्यन्वयन र समृद्धिको जग निर्माणको वर्ष भएको र समृद्धिको यात्रा सुरु भएको पनि बताए ।

Skip This
Skip This
Logo