त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ- आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ परेकाे छ। कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित पक्राउ गरिएको हो।

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारकाे दोहादेखि काठमाडौँ आएका झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जीले तरल पदार्थ बनाएर सुन ल्याएका थिए। विशेष सूचनाको आधारमा दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थलले जनाएकाे छ।

तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले दर्जीलार्य नियन्त्रणमा लिएको हो। बरामद भएको सुन दर्जी आफैंले ल्याएको वा उनी भरिया मात्रै हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Skip This
Skip This
Logo