६ महिनामा ५ हजार विद्युतीय कार भित्रिए

६ महिनामा ५ हजार विद्युतीय कार भित्रिए

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म नेपालमा ५ हजार १०७ विद्युतीय सवारीको आयात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार चालू वर्षको पुससम्मको अवधिमा ५ हजार १०७ वटा विद्युतीय कार आयात भएको हो।

यो अवधिमा ५० किलोवाट सम्मका २ हजार ५६, ५० देखि १०० किलोवाट सम्मका २ हजार ९७०, १०० देखि २०० किलोवाट सम्मका ६८ र २०१ देखि ३०० किलोवाट सम्मका १३ इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका हुन् ।

यस अनुसार पुस महिनामा मात्र सबैगरी १ हजार ४२१ विद्युतीय कार, जिप र भ्यान भित्रिएका छन् । यो भन्दा पहिले मंसिर महिनामा ८९९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए।

पछिल्लो समयमा सरकारले कम क्षमताको मोटर भएका विद्युतीय कारको कर नबढाएसँगै यस्ता सवारी साधनमा आकर्षण बढेको छ । यो अवधिमा धेरै सवारी साधन नेपाली बजारमा भित्र्याउनेमा बीवाईडी र टाटा नै अगाडि रहेका छन्। त्यसैगरी एमजी, सेरेस, किया, हुन्डाई आदि ब्रान्ड यस पछि रहेका छन्।

विद्युतीय कारको कर बढ्ने हल्ला चलेको कारण माघमा धेरै कार भित्रिएको अनुमान गर्न सकिन्छ। त्यसैले गर्दा नै १०० किलोवाट सम्मका विद्युतीय कारको आयात पनि बढेको पाइन्छ।

Skip This
Skip This
Logo