१० दिनदेखी सोमलियाको तटमा हराएको दुई अमेरिकी सैनिकको मृत्यु भएको पुष्टी

१० दिनदेखी सोमलियाको तटमा हराएको दुई अमेरिकी सैनिकको मृत्यु भएको पुष्टी

केन्द्रबिन्दु
0
Shares

वासिंगटन डिसी- जनवरी ११ मा सोमालियाको तटबाट बेपत्ता भएका दुई अमेरिकी नौ सेनाको मृत्यु भएको अमेरिकी नौ सेनाको केन्द्रीय कमाण्डले जनाएको छ। पछिल्लो १० दिनसम्म खोजी गर्दा पनि पत्ता नलागे पछि नौसेनाले उनीहरूको मृत्यु भएको पुष्टी गरेको हो।

‘हामीलाई यो घोषणा गर्न पाउँदा खेद छ कि १० दिनको व्यापक खोजी पछि हाम्रा दुई बेपत्ता अमेरिकी नौसेना सिलहरू फेला परेका छैनन् र तिनीहरूको स्थिति मृतकमा परिवर्तन गरिएको छ,’ केन्द्रीय कमाण्डले आइतवार एक विज्ञप्तिमा भन्यो, ‘परिवारहरूको सम्मानको लागि यस समयमा थप जानकारी जारी गरिने छैन।’

सेन्टकमले अगाडी भन्यो कि अमेरिका, जापान र स्पेनका टोलीहरूले दुई हराएका सैनिक पत्ता लगाउन प्रयास गर्न २३ हजार वर्ग माइलमा भन्दा बढी क्षेत्रमा खोजी गरेका थिए। उसका अनुसार दुई जना नाविक अवैध इरानी हतियारको खोजीमा एउटा जहाजमा चढिरहेका थिए, जब एक आठ फिट काठमा ठोक्किएका कारण पानीमा खसे भने दोस्रो पानीमा हाम्फालेर ज्यान बचाउने कोशिश गरेका थिए।

‘हामी हाम्रा दुई नौसेना विशेष वारफेयर योद्धाहरूको हानिमा शोक गर्छौं र हामी उनीहरूको बलिदान र उदाहरणलाई सधैं सम्मान गर्नेछौं। हाम्रो प्रार्थना यस समयमा उनीहरूको परिवार,साथीहरू, अमेरिकी नौसेना र सम्पूर्ण विशेष अपरेशन समुदायसँग छ,’ अमेरिकी सेन्टकमका जनरल माइकल एरिक कुरिल्लाले भने।

Skip This
Skip This
Logo