काठमाडौं । शारदा थापाको तीज गीत सार्वजनिक भएको छ । ‘राजैले’ बोलको तीज गीतमा प्रेम दिप रामजालीको शब्द र संगीत रहेको छ ।सञ्जय श्रीपालको संगीत संयोजन रहेको गीतमा स्वयं शारदाकै स्वर रहेको छ ।
मदन खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा गायिका शारदाले नै अभिनय गरेकी छन् । करण चैसरले खिचेको भिडियोलाई तरंग स्टुडियोमा रेकर्ड गरिएको हो ।
मनोज कार्कीले सम्पादन गरेको भिडियो शारदा क्रियसनको युट्युव च्यानलमा अपलोड गरिएको छ । लामो समय देखि सञ्चार क्षेत्रमा सक्रिय शारदाले यसअघि तीन वटा तीजका गीतहरू बजारमा ल्याइसकेकी छन् ।































प्रतिक्रिया