काठमाडौं । पछिल्लो समयमा चर्चित गायक तथा मोडल प्रकाश सपूत विदेश भ्रमणमा निस्किएका छन् । सपूत पहिलो पटक श्रीमती बिन्दुलाई लिएर विदेश भ्रमणमा निस्किएका हुन् ।
कतारमा अगष्ट १२ मा हुने सांगितिक कार्यक्रममा भाग लिन सपूत श्रीमती बिन्दुसहित आइतबार त्यसतर्फ लागेका हुन् । विवाह गरेको ७ वर्षपछि प्रकाशले श्रीमतीलाई विदेश भ्रमणमा लगेका हुन् ।
कतारको दोहोमा १२ अगष्टमा सांगीतिक धमाकाको आयोजना गरिएको छ । जसमा सपूतसहित दर्जन बढी नेपाली कलाकारले आ-आफ्नो प्रस्तुति दिने कार्यक्रम छ ।
आफ्नो सातौं वैवाहिक वर्षगाठको उपलक्ष्यमा प्रकाशले काठमाडौं नयाँ घर किनेका थिए । दोहोरी ब्याटल, बोलमाया, गलबन्दी जस्ता निकै हिट गीत ल्याएर चर्चामा आएका प्रकाश पछिल्लो समय फिल्म खेल्ने योजनामा छन् ।
गलबन्दी निकै चर्चामा आएपछि उनीमाथि गीत चोरीको आरोप पनि लागेको थियो । लोकगायक शम्भु राईले सपूतलाई गलबन्दी गीतको भाका आफ्नो गीतबाट चोरी गरेको आरोप लगाएका थिए ।
चोरी गरेको आरोपमा राईले मुद्धा दायर समेत गरेका थिए । तर पछि राई र सपूत दुवै मिलेका थिए । उक्त गीतको श्रेय शम्भु राईलाई दिने सहमतिपछि उक्त विवाद टुंगिएको थियो ।
गलबन्दीमा उनले केही प्रतिक्षाको विषय पनि बनाएका छन् । जसमा उनले छोरो किन भाग्यो गाउँबाट ? छोरोलाई गाउँलेले किन लखेटे ? के छोरो फर्किएला ? जस्ता प्रश्नको जवाफ बोल माया २ मा दिने जनाएका छन् ।





























प्रतिक्रिया