काठमाडौँका नदीहरुमा पानीको बहाव बढ्दै, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँका नदीहरुमा पानीको बहाव बढ्दै, मेघगर्जनसहित वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

आज (आइतबार)  काठमाण्डौ उपत्यकाका विभिन्न नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाग्मती, विष्णुमती, नख्खु, हनुमन्ते, मनोहरालगायतका खोलामा पानीको बहाव बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । यस्तै जाजरकोट, सल्यान, रुकुमलगायत ठाउँमा पनि पानी परिरहेकाले यी क्षेत्रका नदीमा बिहान १० बजेसम्म नै आकस्मिक बाढी आउने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

सिन्धुली, धनुषा,काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र गोर्खामा पनि ठूलो पानी परिरहेको र पानी पर्ने क्रम बढ्न सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन र नदी किनारामा नजान सूचना निकालर आग्रह गरेको हो ।

आज मुलुकका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको र चुरेबाट बहने नदीमा पानीको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदी आसपासमा रहनेहरुलाई सतर्क रहन अनुरोध गरेको छ । यसका साथै सडक यातायातमा पहिरो, भू–क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

तीन दिनको मौसम अनुमान 

साउन २६ गते

देशका धेरैजसो स्थानहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू(भागका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ । देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

श्रावण २७ गते 

देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा तथा पूर्वी र मध्यका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पहाडी भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

श्रावण २८ गते 

देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पूर्व र मध्य पहाडि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ । देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

Skip This
Skip This
Logo