‘एनआइबिएल स्टेबल फन्ड’ मा ७ करोड ८५ लाख कित्ता शेयरका लागि आवेदन, माघ १६ गतेसम्म आवेदन खुला

‘एनआइबिएल स्टेबल फन्ड’ मा ७ करोड ८५ लाख कित्ता शेयरका लागि आवेदन, माघ १६ गतेसम्म आवेदन खुला

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख भन्दा बढी कित्ता शेयरका लागि आवेदन परेको छ।

एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेबल फण्ड’मा उक्त आवेदन परेको हो।

बन्दमुखी योजनाको १ अर्ब रकम बराबरको १० करोड इकाईहरू प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरमा माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भैरहेको छ।

उक्त निष्काशनमा शुक्रबार दिउँसो साढे १२ बजेसम्ममा ३५ हजार ३३५ जना आवेदकले ७ करोड ८५ लाख ८१ हजार ५२० इकाई खरिदका लागि आवेदन दिएका हुन्। त्यसमध्ये ३ हजार ८५७ जना आवेदन मार्फत शेयर खरिदका लागि माग भएको १ करोड ३० लाख ६० हजार ८७० इकाईहरु रद्द भएका छन्।

यस निष्काशन तथा बिक्री माघ २ देखि छिटोमा माघ ५ गतेसम्मका लागि खुल्ला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले यहि माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको छ।

Skip This
Skip This
Logo