काठमाडौं । पादरी मार्सेलो रोसी ब्राजिलको साओ पाउलोस्थित काकोइइरा पाउलिष्टमा भएको धार्मिक कार्यक्रममा प्रवचन दिइरहेका थिए । प्रवचन दिने क्रममा उनले ‘मोटी महिलाहरू स्वर्गमा पाउँदैनन्’ भन्दै भाषण दिए । त्यही क्रममा एक महिला नजिकै आइन् र लात्तीले हिर्काउँदै स्टेजबाट तल झारिदिइन् ।
चर्चमा पादरीले समारोहहरू गर्ने र मण्डलीलाई प्रवचन दिने आशा गरिन्छ । प्रवचनले प्रायः विविध धार्मिक र धर्मशास्त्रीय विषयहरूलाई सम्बोधन गर्दछ । तर पादरीले प्रवचन दिने क्रममा जथाभावी बोलेको भन्दै ति महिलाले आक्रमण गरेकी थिइन् । उक्त घटना क्यामेरामा कैद भयो र उक्त भिडियो इन्टरनेटमा भाइरल भयो ।
जब उनी आफ्नै धुनमा मस्त थिइन्, त्यही बेला पादरीले मोटो मान्छे स्वर्ग जादैन भने । त्यही बेला रिसले चुर भएकी ति महिलाले स्टेजमा रहेका पादरीलाई लात्तीले हिर्काइन् । पादरी स्टेज बाहिर भुईमा लडें । ब्राजिलका अधिकांश जनसंख्या रोम क्योथोलिक हुन् । रोसी त्यहाँका प्रशिद्ध पादरी हुन् । उनको प्रवचन सुन्न र हेर्न लाखौं मानिसहरूको भीड लाग्ने गर्दछ ।
घटनापछि प्रहरीले ति महिलालाई पक्राउ गरेको थियो । स्टेजबाट तल झरेका पादरी रोसी सामान्य घाइते भएका थिए । केही समयको आरामपछि उनले पुनः प्रवचन दिन सुरु गरेका थिए ।
पक्राउ परेकी महिलाले पादरीले झुटा कुरा प्रवचनमा दिएको भन्दै आक्रमण गरेको बयान दिएकी थिइन् । केही समय नियन्त्रणमा लिएर प्रहरीले ति महिलालाई रिहा गरेको थियो । महिलाको लात्ती खाएपछि पादरीले भने, ‘चिन्ता नलिनुहोस् म ठीक छु, केही दुखाई भएको छ । त्यो सामान्य हो । आमेन ।’
ब्राजिलका चर्चहरूमा महिलाहरूमाथि बेला बेला यस्ता खाले आक्षेपहरू लगाउने गरेका छन् । जसले गर्दा महिलाहरू आफुलाई अपमानित भएको महशुस गर्दै आएका छन् । त्यस्तै चर्चमा यौन हिंसा पनि भाग्दै आएको कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आउने गरेको छ । एजेन्सीको सहयोगमा
She shoved him because he said fat women won’t go to heaven ?????????????pic.twitter.com/lkL4qwplic
— ?? (@zemunna) July 18, 2019





























प्रतिक्रिया