न्युजिल्यान्डमा भेटियो लाखौं वर्ष पुरानो सुगा

न्युजिल्यान्डमा भेटियो लाखौं वर्ष पुरानो सुगा

केन्द्रबिन्दु
0
Shares

लाखौँ वर्षपहिले न्यूजिल्यान्डमा विशाल शरीर भएका सुगा रहन्थे जसको लम्बाइ एक मिटर एवं तौल सात किलोसम्म हुने गर्थ्यो ।
अनुसन्धानकर्ताहरूले करिब एक दशक पहिले नै यस्तो विशालकाय पक्षीको अवशेष फेला पारेका थिए । प्रशान्त महासागरस्थित न्यूजिल्यान्डको खानी मजदुरहरूको सहर सेन्ट बाथान्समा उक्त अवशेष फेला परेको थियो । यो जानकारी अहिले आएर सिडनीको फ्लाइन्डर्स युनिभर्सिटी र क्राइस्टचर्चको क्यान्टरबरी म्यूजियमले दिएका हुन् ।

खोजकर्ताहरूले यस पक्षीलाई हेराकल्स इनएक्सपेक्टाटस भन्ने नाम दिएका छन् । उक्त नाम दिनुको पछाडि उक्त पक्षी हर्कुलसजस्तो विशाल हुनु र असम्भावित रूपमा प्राप्त हुनुलाई कारण मानिएको छ ।

विशाल सुगाको जीवाश्म १ सय ९० लाख वर्ष पुरानो आँकिएको छ । अनुमान के लगाइएको छ भने उक्त विशाल सुगाले अन्य ससाना सुगाहरूलाई पनि खाएको थियो होला । जब कि हिजोआजका सुगा शाकाहारी हुन्छन् । अनुसन्धानकर्ताहरूले उक्त सुगा उड्न सक्थ्यो वा सक्दैनथ्यो भन्ने कुरा भने अझैसम्म जान्न सकेका छैनन् ।

सुगाको पाषाण जीवाश्म २००८ मै प्राप्त भएको थियो । त्यसको आकार देखेर उनीहरूले सुरुमा त्यसलाई चील भनिठानेका थिए । अहिले भने उनीहरूले यसलाई सुगा नै भएको पुष्टि गरेका छन् । यो कुरा पुष्टि गर्न उनीहरूलाई लामो समय लाग्यो । एजेन्सी

Skip This
Skip This
Logo