काठमाडौं,
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमले भएका विमानको पूर्ण उपयोग गरी आम्दानी बढाउनमा ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् । मन्त्री भट्टराईले निगमको कार्यालयमा उच्चपदस्त अधिकारीहरूसँग छलफल गर्दै, जनशक्तिको पूर्ण सदुपयोग गर्न, राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना अगाडि बढाएर व्यावसायिक उडान गर्न निगमलाई निर्देशन दिए ।
मन्त्री भट्टराईले विमान सञ्चालन गर्ने संस्थाले विमान थप्दै जानु आवश्यक हो तर विमान खरिद प्रक्रियालाई पूर्ण पारदर्शी बनाइ खरिद गर्ने वातावरण विकास गर्नुपर्ने बताएका छन् । उनले विगतमा दुर्गम क्षेत्रमा उडान भन्दै अवका दिनमा पनि समय सापेक्ष स्तरीय सेवा प्रदान गर्न सक्रिय रहनुपर्ने धारणा व्यक्त गरे । निगमलाई आन्तरिक समझदारीको जगमा सुदृढ बनाउन र योग्यलाई उचित काम सुम्पेर प्रतिफल लिन पनि मन्त्री भट्टराईले निगमका अधिकारीहरूलाई सुझाएका छन् । उनले, विमानस्थलहरूको संख्या थपिँदै गएको सन्दर्भमा सबैतिर सेवा पुर्याउन सल्लाह दिँदै आगामी मंसिरमा निजगढ विमानस्थलको शिलान्यास गरिने बताए ।
मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले निगमको ऋण र पुँजीमा सन्तुलन आवश्यक छ र त्यसमा सरकारको सकारात्मक सहयोग रहने तर स्पष्ट व्यावसायिक योजना प्रस्तुत गर्न आह्वान गरे ।
कारोबारबाट































प्रतिक्रिया