कराँची,
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पाकिस्तानले आफ्नो पूर्ण टोली नपठाउने भएको छ । सरकारले आर्थिक सहयोग नगरेका कारण १३ औं सागमा पाकिस्तानले सानो टोली पठाउन लागेको हो । १३ औं साग आगामी डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।
१३ औं सागका लागि बंगलादेशले ६ सय ६६ जना खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षण सञ्चालन गरिरहेको छ । बंगलादेशले तीन सय ५५ पुरुष र तीन सय ११ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । यसैगरी श्रीलंकाले पनि १३ औं सागलाई ध्यानमा राखी करिब आठ सय खेलाडीलाई तयारी गराउँदैछ ।
सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औं सागमा श्रीलंका पदक तालिकामा दोस्रो भएको थियो । श्रीलंकाले २५ स्वर्णसहित कुल एक सय ८६ पदक जितेको थियो । १२ औं सागको पदक तालिकामा पाकिस्तान तेस्रो भएको थियो । पाकिस्तानले १२ स्वर्णसहित कुल एक सय ६ पदक जितेको थियो ।
अन्नपूर्णबाट































प्रतिक्रिया