काठमाडौं,
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अभिव्यक्तिमा नेकपामा सांसदले आपत्ति जनाएका छन् । राजेन्द्र महतो नाम गरेका व्यक्तिको नागरिकता खारेज गरिएको विषयमा आफ्नो प्रचार भएपछि असन्तुष्टि जनाउँदै महतोले सभामुख कृष्णबहादुर महरा र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मुछेपछि नेकपाका सांसद खगराज अधिकारी र कृष्णभक्त पोखरेलले आपत्ति जनाएका हुन् ।
खगराजले महतो बोल्दै गर्दा उठेर आपत्ति जनाएका थिए भने पोखरेलले महतो बोलिसकेपछि सभामुख र नेकपा अध्यक्षलाई जोडेकोमा नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे ।
महतोले कृष्णबहादुर महरालाई महाडकैती मुद्दामा आजिवन कारावास भन्ने सूचनामा सभामुख महरालाई महाडकैती मुद्दामा आजिवन कारावास भयो भनेर समाचार आयो भने के हुन्छ भनी प्रश्न गरेका थिए । त्यति मात्रै होइन उनले पुष्पकमल दाहालको नाम लिँदै भन्दै गर्दा नेकपा सांसद अधिकारीले आपत्ति जनाएपछि उनी रोकिएका थिए । नाम मात्रै भनेर अर्को व्यक्तिलाई जोड्नु गलत भएको उनको भनाई थियो ।
अर्का सांसद कृष्णभक्त पोखरेलले कसैसँग उदाहरण दिँदा कृष्णबहादुर महराको नाम लिने कुरा स्वभाविक नभएको र संसदको मर्यादा र सम्मान पनि पर्याप्त नहुने र पुष्पकमल दाहालको नाम लिने कुरा पनि संसदीय अभ्यास र मर्यादाभित्र नपर्ने भन्दै रेकर्डबाट हटाउन माग गरे। अन्तिममा सभामुख महराले यस विषयमा अन्तिममा निर्णय लिने जवाफ दिएका थिए । सांसद महतोले अर्कै राजेन्द्र महतोको नागरिकता खारेज गरिएको विषयमा आफूलाई जोडिएको भन्दै संसदमा आपत्ति जनाएका थिए ।
नागरिकबाट





























प्रतिक्रिया