कहाँ छन् शिल्पा र छवि ? यस्तो छ प्रहरीको बयान

कहाँ छन् शिल्पा र छवि ? यस्तो छ प्रहरीको बयान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बहुविवाहको मुद्दा परेपछि निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल फरार छन् । उनीहरूविरूद्ध पक्राउ पूर्जी जारी गरेको प्रहरीले खोजतलास गरिरहेको छ । जेठी श्रीमती हेमा ओझाले दुवै जनाविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन् ।

उजुरीपछि उनीहरूविरूद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएसँगै दुवैजना फरार हुन् । दुई सन्तानकी आमा हेमाले साउन ५ गते महानरीय प्रहरी वृत्त गौशलामा बहुबिबाहको उजुरी दर्ता गराएकी थिइन् । उनको उजुरी यतिबेला महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा छ । काठमाडाै‌ जिल्लाभरका बहुबिवाह सम्बन्धी उजुरीहरु कालिमाटीले हेर्छ ।

उनले हालेको उजुरीमा पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पाबिरुद्ध बहुविवाहको मुद्धा हालेको उल्लेख थिइन् । छवि र हेमाबीच २०४१ सालमा विवाह भएको थियो। उनले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न माग गरेकी थिइन् ।

श्रीमान छविराज ओझाबिरुद्ध शिल्पाले प्रहरीमा घरेलु हिंसा भएको भन्दै उजुरी गरेपछि घटना सार्वजनिक भएको थियो । लगतै शिल्पाले काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि निबेदन दर्ता गराएकी थिइन् ।

उनीहरू दुवैजना प्रहरीको फरार सूचीमा रहेको र खोजीकार्य जारी रहेको महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीले जनाएको छ । पक्राउ गर्न सबै प्रहरी सर्कललाई जानकारी गराइएको र नियन्त्रणमा आएपछि मात्रै आवश्यक कारवाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

गत भदौंबाट लागू भएको नयाँ कानुनमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने व्यवस्था छ । बहुविवाह गर्ने महिला र पुरुष दुवैलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी, ५ वर्षसम्म कैद हुने सम्भावना

छबी ओझाविरुद्ध शिल्पा पोखरेलले दिईन् घरेलु हिंसाको उजुरी

छवि-शिल्पा प्रकरणमा नयाँ ट्विष्ट: जेठी श्रीमतीले हालिन् बहुविवाहको उजुरी

अन्ततः शिल्पाले मागिन् छवि ओझासँग डिभोर्स, अदालतमा केस दर्ता

छविराज ओझा भन्छन्, ‘घर आउने नआउने शिल्पाको हातमा छ’

छविराज ओझा र शिल्पा पोखरेलबीच कुरा मिल्यो

५५ बर्षपछि पहिलोपटक प्रहरीकोमा जाँदैछु- छवि ओझा

Skip This
Skip This
Logo