इनरुवा,
सुनसरीको धरानपछि इनरुवामा पनि डेङ्गुको संक्रमण बढेको छ । जिल्ला सदरमुकाम इनरुवामा डेङ्गु सङ्क्रमित बिरामीको सख्या ह्वात्तै बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
केही साता अघि देखा परेको डेङ्गु नियन्त्रणमा आएको बताइरहँदा पछिल्लो पटक इनरुवामा एकसाथ ११ जना डेङ्गु सङ्क्रमित बिरामी फेला परेका छन् । इनरुवा नगरपालिकाको कार्यालयले नगरभित्र ११ जनामा डेङ्गुको सङ्क्रमण पाइएको पुष्टि गरेको छ ।
इनरुवा अस्पतालको आकस्मिक कक्षले भने डेङ्गु सङ्क्रिमत सङ्ख्या बढ्दो क्रममा रहेको जनाएको छ । आकस्मिक कक्षमा कार्यरत सिनियर अहेव गुणानन्द झाका अनुसार नमूना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेङ्गुको सङ्क्रमण फेला परिसकेको छ । स्थानीयका अनुसार इनरुवाभित्रका केही डेङ्गु सङ्क्रमित बिरामी धरान र नोबेलमा परीक्षण पश्चात् उपचारको क्रममा छन् ।
इनरुवा–४ का एकै परिवारका ७ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको इनरुवा अस्पतालले जनाएको छ । ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेकाले सङ्क्रमित सङ्ख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरूको अनुमान छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया