विप्लवका जनसरकार प्रमुखद्वारा आत्मसमर्पण

विप्लवका जनसरकार प्रमुखद्वारा आत्मसमर्पण

केन्द्रबिन्दु
0
Shares

गुल्मी,

गुल्मीमा एक जना बिप्लव नेतृत्व माओवादीका जनसरकार नेताले आत्मसमर्पण गरेका छन् । गुल्मी प्रहरी हिरासतमा रहेका प्युठान जिल्ला माण्डबी गाउँपालिका वडा नम्बर २ मर्कावाङ रातापानी स्थायी घर भएका ३८ वर्षिय राजेन्द्रबहादुर राउत क्षेत्रीले आत्मसमर्पण गरेका हुन् ।

बिगत १ सय १ दिन देखि प्रहरी हिरासतमा रहेका क्षेत्रीले जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपककुमार बस्नेत, सशस्त्र प्रहरी प्रमुख बिनोदराज खनाल, लगायतका सुरक्षा निकाय प्रमुख, नागरिक समाज, पत्रकारहरुको रोहवरमा आत्मसमर्पण गरेका हुन् ।

आइतवार जिल्ला प्रशासन कार्यालय गुल्मीको एक कार्यक्रममा बिज्ञप्ती जारी गर्दै राउत क्षेत्रीले आफु पूर्वमाओवादी लडाकु रहेको र हाल कुनैपनि दलमा आबद्ध नरहेको जनाउँदै आत्मसर्मपण गरेका छन् । राउतले २ वर्ष पहिले नेकपा बिप्लव प्युठान जिल्लाको जनसरकार प्रमुख भएको र हाल अपाङ्ग हुँदा उक्त पदमा रहि काम गर्न नसक्ने बिज्ञप्तीमा जनाएका छन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo