हेटौंडा अस्पतालमा ६ महिनामै १४२ किशोरी आमा बने

हेटौंडा अस्पतालमा ६ महिनामै १४२ किशोरी आमा बने

केन्द्रबिन्दु
42
Shares

हेटौंडा। हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा १४२ जना किशोरीहरू आमा बनेका छन्। अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका हुन्। पुस महिनामा मात्र २७५ जना गर्भवतीले यहाँ उपचार गराएका थिए।

यसअघि साउनमा २७, भदौमा २५, असोजमा ३३, कात्तिकमा २२ र मंसिरमा २३ जना किशोरी आमा बनेका थिए। यो अवस्थाले बालविवाहको प्रचलन रहेको देखाउँछ। नेपालमा कानूनले नै २० वर्षमुनि विवाह गर्न नपाउने व्यवस्था गरेको छ। तर, प्रचलित सामाजिक मान्यता र परम्पराका कारण यसको उल्लङ्घन हुँदै आएको छ।

बालबालिका र किशोरकिशोरीको भविष्यमा गम्भीर असर पार्ने बालविवाह रोक्न सरकारी, गैरसरकारी तथा सरोकारवाला सबै पक्षले प्रभावकारी रूपमा कार्य गर्नुपर्ने माग गरिएको छ। साथै, यसका लागि कानून कडाइका साथ कार्यान्वयन हुनु जरुरी रहेको बताइएको छ।

Skip This
Skip This
Logo