युवाको भावना पन्छाएर देशको विकास असम्भव

युवाको भावना पन्छाएर देशको विकास असम्भव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । युवाको भावना पन्छाएर देशको विकास गर्न नसकिने एक एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । देशमा रहेका युवाहरूलाई विदेश पलायन गराउनुभन्दा स्वदेशमै परिचालन गर्न सके मात्र समृद्ध मुलुक बन्न सक्नेमा उनीहरुको जोड छ ।

नेपालमा विकास प्रकृयामा आम युवाहरुको सहभागिता कसरी गर्न सकिन्छ ? शुसासनका निमिक्त युवाको भुमिका के हुन सक्छ ? भन्ने विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले युवाहरूबीना देशको विकास गर्न नसकिने बताएका हुन् ।

अमेरिकन युथ काउन्सिलको आयोजनामा सिभिक इन्गेजमेन्ट अन्तगर्त प्रदेश नम्बर ३ का युवा जनप्रतिनिधिको सहभागितामा आयोजित अभिमुखिकरण तथा अन्तकृया कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सामुहिक भावनाबाट मात्र समग्र देशको विकास हुने बताए ।

युथ काउन्सिल जस्ता सस्थाले आम युवाको भावनाको प्रतिनिधित्व गरेको उनको भनाई छ । फरक प्रशंगमा बस्नेतले नेपालमा अब दुई राजनीतिक दलमात्र रहने जिकिरी गर्दै, मधेश केन्द्रीत दललाई कुनै दुई पाटीमा मिल्न समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै लेखक निलम कार्की निहारीकाले नेपाली महिलाका निमिक्त राष्ट्रिय मुलधारमा प्रशस्त अवसर रहेको बताइन् । आरक्षण र अवसर कुरेर बस्ने भन्दा पनि अवसर सृजना गरेर महिलाले आफुलाई अगाडि ल्याउनुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा बोल्दैं राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले, युवा परिषद्ले ल्याएका युवा लक्षित कार्यक्रमका बारेमा जानकारी गराएका थिए । राज्यले के ग¥यो भन्दा पनि युवाले आफैले खोज्नुपर्ने बताए । सोही कार्यक्रममा युवा उद्यमी मनिश झाले युवा आफु नेतृत्व गर्न तयार भएर उपभोग भन्दा उत्पादनमूखी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्ययले युवा नेतृत्व विकासका लागि नेपालमा राजनीतिक दलको भूमिका अहम रहेको बताए । युवाको भावना पन्छाएर, देश समृद्ध नबन्ने भन्दै उपाध्यायले युवा लक्षित कार्यक्रममा बिशेष ध्यान दिन सरकारलाई आग्रह गरे ।

अमेरिकन दुतावासकी राजनीतिक विभाग प्रमुख रोजी कटटेलले युवाहरू देखासिकीमा लागेको आरोप लगाइन् । अब युवाहरू आ आफैंसँग प्रतिस्पर्दामा गरेर आफु र समाजको हितमा लाग्न प्रेरित गरिन् ।

राष्ट्रिय योजना आयोगकी पुर्व सदस्य डा. सुमित्रा अमात्यले राज्यले नीति तथा कार्यक्रममा बनाउँदा युवालाई बिशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।

युवा नेतृत्वसँगको सहकार्यबाट देशको समृद्धि हासिल गर्न सकिन्छ भन्ने अवधारण्का साथ राजधानीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा सांसद बस्नेत र सभापतिमा समुन्द्र तिमल्सिना रहेका थिए ।

तिमल्सिनाले संस्थाको भावी योजनाबारे जानकारी गराएका थिए । कार्यक्रममा पत्रकार, बौद्धिक व्यक्तित्व, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Skip This
Skip This
Logo