अमेरिकामा फेरि अर्को गोली प्रहार भएको छ।
टेक्सासमा गोली प्रहार भएको २४ घण्टा नबित्दै फेरि ओहायो राज्यस्थित डेटनमा गोली प्रहार भएको हो। घटनामा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ।
प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ।
यस अघि टेक्सासमा भएको गोली प्रहारबाट २० जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए ।





























प्रतिक्रिया